NRN
अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घट्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

साताकाे पहिलाे दिन अर्थात् आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ ।

शुक्रबार एकको खरिदद १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५८ पैसामा काराेबार भइरहेको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा घटेको हो ।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९६ पैसा ताेकिएकाे छ भने  क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा पाइन्छ ।

त्यस्तै, शुक्रबार एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा कायम गरिएको पाउण्ड आज एकको खरिदमा १६७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७२ पैसामा काराेबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार एकको खरिदमा १४४ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३२ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४४ रूपैयाँ १० पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसामा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसा घटेको हो ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा कायम गरिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २१ पैसा र बिक्रीमा ३६ रूपैयाँ २८ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३० पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४२ पैसा पाइन्छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update