NRN
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताकाे पहिलाे दिन अर्थात् आइतबारकाे लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । याे अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

शुक्रबार प्रतितोला एक हजार ६ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार ६ सय ७० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update