गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य खगराज अधिकारीले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीको दाबी गर्दै एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
उनलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ । गठबन्धनमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव गण्डकीमा पनि परेको छ । जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १२:३७
प्रतिक्रिया दिनुहोस्