नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार नेपाली बजारमा सोमबार युरोपियन युरोकाे मूल्य बढेकाे छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार एकको खरिददर १३२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३० पैसा पाइन्छ ।
त्यस्तै, आइतबार एकको खरिददर १४४ रूपैयाँ १० पैसा र बिक्रीदर १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको युरोपियन युरो राष्ट्र बैंकका अनुसार साेमबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ११ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो ।
त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ०६ पैसा र बिक्रीमा १६८ रूपैयाँ ८२ पैसा पाइन्छ ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३७ पैसा ताेकिएकाे छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४१ पैसा पाइन्छ ।