NRN
उद्योगमन्त्री भण्डारी भन्छन्, निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन् । सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बाेल्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन् । 

उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे । 

समायानुकुल उद्योग नीति, वाणिज्य नीतिहरूलाई समयानुकूल अघि बढाउने उनले बताउँदै मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटले उद्योगहरूलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने दाबी गरे ।

अहिलेको कर प्रणालीमा निजी क्षेत्रको असन्तुष्टिलाई आगामी बजेटले सम्बोधन गर्ने उनले बताए ।  मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको समेत बताए ।

उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए । उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update