NRN
कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update