NRN
सभापति देउवा : धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

देउवाले भने, ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ ‘संसदीय छानबिन समिति बन्नै पर्छ ।’

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ ।  काँग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update