NRN
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको जीत हासिल गरेको छ । हैदराबादले दिएकाे १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्याे । 

अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि २९ रन चाहिएको थियो । उक्त ओभरमा हैदराबादले आशुतोष शर्मालाई क्याच आउट गर्नबाट पटक–पटक चुकेको थियो । अन्तिम ओभरमा शशांक सिंहले छक्का प्रहार गरे पनि टोली २ रनले पछि रह्यो ।

पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रना बनाए ।

हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एक/एक विकेट लिए ।

कप्तान प्याट कमिन्ससहित टी नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

पञ्जाबका लागि सर्वाधिक ६४ रन सहित एक विकेटसमेत लिएका नितिशककुमार रेड्डी प्लेर अफ दि म्याच पनि भए ।

यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए ।

पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए ।

५ खेलमा हैदराबादको यो तेस्रो जीतसँगै टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा र खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update