राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने
उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ ।
घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार छिन् । आफै उपाध्यक्षमा दाबी गरेपनि नपाएपछि एकीकृत समाजवादीले सत्तागठबन्धनकै अर्को दल एमालेका उम्मेदवारलाई मत दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् ।
उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसद मतदाता छन् ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १२:२५
प्रतिक्रिया दिनुहोस्