NRN
सभापति लामिछाने माथिको अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे सरकारमाथि प्रश्न

उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न गरेको छ ।

बुधबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद रामहरि खतिवडालाई बोल्न समय दिएपछि पार्टीको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद खतिवडा भन्छन्,‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो ।’ 

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । खतिवडाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update