NRN
यसरी मनाउँदै इद

देशभरका इस्लाम धर्मावलम्बीहरूले आज इदुलफित्र (ईद) मनाइरहेका छन् । इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । 

आज इदका अवसरमा देशभरका मुस्लिम समुदायले मस्जिदमा पुगेर मनाउने गर्दछन् । बिहीबार बिहानै काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा र रत्नपार्कस्थित जामे मस्जिदमा नमाज पढेर र एकअर्कासँग शुभकामना साटासाट गरेर मनाइरहेका छन् ।

नमाज पूरा गरेपछि उनीहरुले एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक’ भन्दै शुभकामना दिइरहेका छन् ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ ।

ईदको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update