अध्यक्ष ओलीसहित रक्षा मन्त्री र भौतिक मन्त्री पुगे ताप्लेजुङको ओलाङचुङगोला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् ।
सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन् ।
ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन् । अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्