NRN
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ ।

बुधबार राति करिब १ बजेतिर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण अहिले टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

घटनास्थल वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिए पनि घटनाको कसैले जिम्मा लिएको छैन । विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update