NRN
एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग

आजदेखि एसीसी प्रिमियर कप शुरु हुँदैछ । ओमानमा आजदेखि हुने खेलमा नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ ।

यस प्रतियोगिताका विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रहेका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया  छन् ।

प्रिमियर कपमा नेपाल समुह ए मा छ, जसमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् । 

नेपालले दोस्रो खेल वैशाख १ गते (शनिबार) कतार, ३ गते (सोमबार) हङकङ र ५ गते (बुधबार) साउदी अरेबियासँग खेल्नेछ।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल वैशाख ९ गते हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छन् । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update