NRN
शुक्रबारका लागि यस्ताे छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको दर आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर छ भने युरोपियन युरोको मूल्य घटेको छ । 

साताकाे अन्तिम दिन अर्थात् शुक्रबार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०४ पैसा पाइन्छ ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४७ पैसा पाइन्छ । 

त्यस्तै, बिहिबार एकको खरिददर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ २१ पैसा कायम गरिएको युरो आज एकको खरिददर १४२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रूपैयाँ १७ पैसा तोकिएको हो ।

त्यसैगरी, बिहिबार एकको खरिददर १६८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा तोकिएको बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिदमा शुक्रबार १६६ रूपैयाँ ५३ पैसा र बिक्रीमा १६७ रूपैयाँ २८ पैसा पाइन्छ । 

मलेसियन रिंगिट एकको खरिदमा भने २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा शुक्रबार ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३३ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ भने शुक्रबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ ।

त्यसैगरी, बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८२ पैसा तोकिएको छ भने आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २२ पैसा तोकेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update