काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौं पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्तको बोट काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ ।
गए राति करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट काटिएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीकाअनुसार करिब १५/२० जनाको अज्ञात समूहले बारीमा आएर बुद्धचित्तको बोट काटेको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो । खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट गए राति २ बजे टोली घटनास्थलमा पुगेको थियो ।
टोली पुग्दा बुद्धचित्तको बोट काटिएको अवस्थामा थियो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ ।
यसबारे प्रहरीले अनुसन्धान बढाएको छ ।