NRN
अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि पद रिक्त थियो । 

एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् । शाक्य नेकपा एमाले निकट छिन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update