NRN
इजरायलमाथि इरानको घातक ड्रोन र मिसाइल आक्रमण

अमेरिकाको कडा चेतावनीका बाबजुद इरानले इसराइलमा आक्रमण गरेको छ । शनिबार राति इरानले इजरायलमा २०० भन्दा बढी घातक ड्रोन र मिसाइल आक्रमण गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले उललेख गरेका छन् ।

एक महिनाअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए । उक्त आक्रमणको जिम्मा इजरायलले नलिएको भएपनि त्यसका पछाडि उसकै हात रहेको दाबी गर्दै इरानले त्यसको कडा जवाफ दिने भनेको थियो ।

इरानले इजरायलमा आक्रमण गर्ने भनेपछि संयुक्त राज्य अमेरिकाले इजरायललाई आफ्नो पूर्ण समर्थन हुने र उसलाई जोगाउन आफू ढाल भएर उभिने प्रतिबद्धता व्यक्त गर्दै इरानलाई चेतावनी दिएको थियो । त्यसका बाबजुद पनि इरानले शनिबार राति इसराइलमा आक्रमण गरेको हो ।

आक्रमणबाट सैनिक आधारशिविरमा सामान्य क्षति भएको आइडिएफले जनाएको छ । त्यस्तै ७ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । अन्य ३१ जना मानिसहरू पनि सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ । 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update