NRN
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो सुनकाे मूल्य

साताकाे पहिलाे दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार बजारमा नयाँ ऐतिहासिक रेकर्ड कायम गर्न सफल सुन आज एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 

 शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार तीन सय ५० मा रूपैयाँमा कारोबार भएकाे थियाे । 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। याे मूल्य अघिल्लाे दिनकाे तुलनामा आज प्रतितोला ५० रूपैयाँ घटेको हो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update