NRN
आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्याे युरोपियन युरोको मूल्य

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको दर अनुसार नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरोको मूल्य घटेको छ ।

शुक्रबार एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसामा काराेबार भएकाे अमेरिकी डलर आज एकको खरिदमा १३३ रूपैयाँ १७ पैसा र बिक्रीमा १३३ रूपैयाँ ७७ पैसा पाइन्छ ।

त्यसैगरी, शुक्रबार एकको खरिददर १४२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रूपैयाँ १७ पैसा कायम भएकाे युरो आज एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसामा काराेबार भइरहेकाे छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आइतबार आज ८६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८७ पैसा ताेकिएकाे छ भने क्यानेडियन डलर एकको खरिदमा आज ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३५ पैसा पाइन्छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमा भने आज १६६ रूपैयाँ १२ पैसा र बिक्रीमा १६६ रूपैयाँ ८७ पैसा पाइन्छ । 

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा भने आज २७ रूपैयाँ ९२ पैसा र बिक्रीमा २८ रूपैयाँ ०४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ भने आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ ।  

त्यसैगरी बहराइन दिनार एकको खरिददर भने ३५३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८० पैसा कायम गरिएको छ भने आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update