NRN
आईपीएलको १७ औँ संस्करणमा आइतबार (आज) दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिचकाे खेल कोलकाताको घरेलु मैदान ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरी, दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा राति ७: ४५ बजेदेखि सुरु हुने  छ।

जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो भने एक खेलमा कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । 

यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । 

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट, सुनिल नरेन, वेंकटेश ऐयर, अंगकृष रघुवंशी,  रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : अनुकुल राय ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिकल, मार्कुस स्टोइनिस, निकोलस पुरन,  आयुष बडोनी, कुणाल पाण्ड्या, अरशद खान, रवि बिस्नोई, यश ठाकुर र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update