NRN
देशमा राजा फर्काउने कुरा असम्भव देख्छु : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोड दिंदै विगतमा बन्दूक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

देउवा भन्छन्, बहुदलीय व्यवस्थामात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔं । तर, अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दूक उठाएकाहरू पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छन् । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व. थापाको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update