NRN
एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरू हुनेछ ।

नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले र शनिबार भएको दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ नेपालसहित मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूह ‘बी’ मा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update