NRN
आज युरो र पाउण्डको घट्दा अमेरिकी डलर भने स्थिर

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरेको दर अनुसार नेपाली बजारमा आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङकाे मूलय घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेकाे छ ।

आइतबार एकको खरिददर १३३ रूपैयाँ १७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७७ पैसा कामय भएको डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ । 

आज अष्ट्रेलियन डलर एकको खरिद‍दर भने ८६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा आज ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा पाइन्छ ।

त्यस्तै, आइतबार एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसामा काराेबार भएकाे युरो आज एकको खरिददर १४१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३७ पैसामा काराेबार भइरहेकाे छ । 

आइतबार एकको खरिददर १६६ रूपैयाँ १२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ८७ पैसा कायम पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १६५ रूपैयाँ ८२ पैसा र बिक्रीमा १६६ रूपैयाँ ५६ पैसा पाइन्छ ।

साउदी अरेबियन रियाल एकको खरिददर आजको लागि ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ भने आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ ।

आज राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिदमा भने आज २७ रूपैयाँ ९२ पैसा र बिक्रीमा २८ रूपैयाँ ०४ पैसा ताेकेकाे छ भने युएई दिराम एकको खरिदमा सोमबार ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ । 

त्यसैगरी, बहराइन दिनार एकको खरिददर भने ३५३ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८३ पैसा तोकेको छ भने कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ११ पैसा पाइन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update