NRN
एसीसी प्रिमियर कपमा टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ । खेल १८/१८ ओभरको हुनेछ ।

नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११ :रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा प्रतिश जि.सी.अनिल शाह र विवेक यादव रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update