NRN
हङकङले नेपाललाई दियाे ११५ रनको लक्ष्य

एसीसी प्रिमियर लिगको तेस्रो खेलमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।

१८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

हङकङका कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने करण केसीले एक विकेट लिए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update