NRN
पार्टीको अनुमतिबिना विदेश नजान एमाले सांसदलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका  छन् । सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले यस्ताे निर्देशन दिएका हुन् ।

विगतमा सांसदहरुले रातो पासपोर्ट लगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेस गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले सहकारी लगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताए । 

उनले भने,‘समितिका बैठकहरुमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र, माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्छ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ ।‘

एमाले अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने समेत बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update