गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एमालेनिकट खतिवडालाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । गत चैत २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
गण्डकीका मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सदस्यले भने पद तथा गोपनीयताको शपथ लिएका छैनन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ ११:२९
प्रतिक्रिया दिनुहोस्