NRN
आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दुई बलिया टोलीबिच भिडन्त हुँदैछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल राति ७ः४५ बजे कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा सुरु हुनेछ ।

राजस्थान रोयल्स १० अंकसहित तालिकाको पहिलो र कोलकाता नाइट राइडर्स आठ अंकसहित दोस्रो स्थानमा छन् ।

राजस्थान रोयल्सको यो सातौँ खेल हो । राजस्थान रोयल्स यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ ।

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सको भने यो छैटौँ खेल हो । कोलकाता यसअघि खेलिएको पाँचमध्ये चार खेलमा विजयी र एक खेलमा पराजित भएको थियो ।

कोलकाता नाइट राइडर्स - श्रेयस ऐयर (कप्तान), सुनिल नारिन, वेंकटेस ऐयर, अंगकृष रघुवंशी, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा, वरुण चक्रवर्ती र हर्षित राणा रहेका छन् । इम्प्याक्ट प्लेयर : रिंकु सिंह ।

राजस्थान रोयल्स -  संजु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, रोभमन पावेल, तनुष कोटियन वा रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, केशव महाहराज, कुलदीप सेन र आवेश खान रहेका छन् । इम्प्याक्ट प्लेयर : नवदीप सैनी ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update