NRN
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा बुधवार ३२ औँ खेल खेलिँदै छ । बुधवारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा गुजरात टाइटन्सको यो सातौँ खेल हो । गुजरातले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारेको छ । हाल गुजरात ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।

दिल्ली क्यापिटल्सको पनि यो सातौँ खेल हो । दिल्लीले यसअघि खेलिएको ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । दिल्ली क्यापिटल्स हाल चार अङ्कसहित तालिकाको नवौँ स्थानमा आसीन छ ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, विजय शंकर, अभिनव मनोहर, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा र उमेश यादब रहेका छन् भने इम्प्याक्ट प्लेयर : शाहरुख खान छन् ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद रहेका छन् भने इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update