NRN
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ‘ए’ ३२ लाख र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update