नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशि मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य स्थिर छ ।
अघिल्लो दिन अर्थात् बुधबार एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा तोकिएकोमा डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।
राष्ट्र बैंकले बिहीबारको लागि अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ७० पैसा र बिक्रीदर ८६ रूपैयाँ ०९ पैसा तोकेको छ भने आज क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ६० पैसा र बिक्रीमा ९७ रूपैयाँ ०३ पैसा पाइन्छ ।
त्यस्तै, अघिल्लो दिन एकको खरिददर १४१ रूपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रूपैयाँ ४५ पैसा कायम गरिएको युराेपियन युरो आज एकको खरिदमा १४१ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५७ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, अरेबियन रियाल एकको खरिददर बिहीबारको लागि ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ भने साउदी कतारी रियाल एकको खरिदमा आज ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले बिहीबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा आज २७ रूपैयाँ ८३ पैसा र बिक्रीमा २७ रूपैयाँ ९५ पैसा पाइन्छ ।
त्यस्तै, आज युएई दिराम एकको खरिदमा भने ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा ताेकिएकाे छ भने चिनियाँ युआन एकको खरिदमा भने आज १८ रूपैयाँ ४३ पैसा र बिक्रीमा १८ रूपैयाँ ५१ पैसा पाइन्छ ।
त्यसैगरी, बहराइन दिनार भने एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ ।