नेकपा एमालेले लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंग्याएको छ ।संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् ।
सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।
यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेबाट अब ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आज महराले एमालेबाहेक माओवादीबाट भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गर्नेछन् । अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । उनीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय भएको छ ।
लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।