नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १६:३२
प्रतिक्रिया दिनुहोस्