NRN
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

आज बिहान दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । उक्त बस दोलखाबाट जन्ती लिएर त्रिपुरासुन्दरी–४ पिस्करतर्फ जाँदै थियो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update