NRN
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला

इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो ।

त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाई हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो ।

इजरायल र इरानबीच बढ्दो तनावले  विश्वभर द्वन्द्व सिर्जना गर्ने अनुमान गरिएको छ । 

गत शनिबार राति इरानले इजरायललाई लक्षित गर्दै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो । इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update