NRN
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताकाे अन्तिम दिन अर्थात् शुक्रबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 

याे मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला सात सय रूपैयाँ बढेको हो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । 

बिहीबार प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update