NRN
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुँदैछ । लखनउस्थित अटल बिहारी बाजपेई क्रिकेट स्टेडियम (ईकाना) मा खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ ।

लखनउले यसअघि खेलिएको ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कस स्टोइनिस, दीपक हुद्दा, निकोलस पुरन, आयुष बदोनी, कुणाल पाण्ड्या, रवि विस्नोई, यश ठाकुर, सामर जोसेफ र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड ।

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाने, ड्यारल मिचेल, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update