NRN
नेपालले दियाे युएईलाई १२० रनको लक्ष्य

नेपालले एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २/२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update