NRN
घट्याे आज अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?

साताकाे पहिलाे दिन अर्थात् आइतबारको लागि नेपाल राष्ट्र बैंकले विनिमय दर निर्धारण गरेको छ ।

शुक्रबार एकको खरिदद १३३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९७ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रूपैयाँ ४२ पैसा र बिक्रीमा ८५ रूपैयाँ ८० पैसा ताेकिएकाे छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २१ पैसा पाइन्छ । 

त्यसैगरी, शुक्रबार एकको खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज पाउण्ड एकको खरिदमा १६५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४७ पैसामा काराेबार भइरहेकाे छ ।

त्यस्तै, शुक्रबार एकको खरिदमा १४२ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ९६ पैसामा काराेबार भएकाे युरोपियन युरो एकको खरिददर आज १४१ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४० पैसा घटेको हो ।

त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८६ पैसा र बिक्रीमा २७ रूपैयाँ ९८ पैसाताेकिएकाे छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९९ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १७ पैसा पाइन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update