NRN
आईपीएल : आज पन्जाब र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार दिउँसो ३ः ४५ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुनेछ । 

दोस्रो खेल मुल्लापुरस्थित महाराज यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ बजे पन्जाब किङ्स र गुजरात टाइटन्सबिच हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ३७ औँ खेल हो ।

जारी सिजनको आईपीएलमा पन्जाब र गुजरात दुबैले आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । 

गुजरातले यसअघि खेलेको सातमध्ये तीन खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । गुजरात ६ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । 

यसैगरी, पन्जाबले यसअघि खेलिएको सातमध्ये दुई खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको थियो । पन्जाब चार अंकसहित तालिकाको नवौँ स्थानमा आसिन छ ।

पन्जाब किङ्स : साम कुर्रन (कप्तान), प्रभसिमरन सिंह, राइली रुसो, जितेश शर्मा (विकेटकिपर), लियाम लिभिङस्टोन, शर्शाक सिंह, आशुतोष शर्मा, हरप्रित बरार, हर्षल पटेल, कागिसो राबडा र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : राहुल चाहर ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह (विकेटकिपर), साई सुदर्शन, डेमिड मिल्लर, अभिनव मनोहर, राहुल तेवतिया, राशिद खान, मोहित शर्मा, नुर अहमद, स्पेन्सर जोन्सन र संदीप वारियर्स । इम्प्याक्ट प्लेयर : साई किशोर ।

यो सिजन आईपीएलमा कुल ७४ खेल खेलिने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update