NRN
एसीसी प्रिमियर कपको उपाधिका लागि आज फाइन खेल हुँदै

एसीसी प्रिमियर कप २०२४ को कपको उपाधिका लागि आज फाइन खेल हुँदैछ । उक्त खेल ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा ओमान र युएईबिच अपराह्न सवा ४ बजे सुरु हुनेछ । 

यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ । यूएईले पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ओमानले दोस्रो सेमिफाइनलमा हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेकाे हाे । 

यसअघि शनिबार भएको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको थियो ।नेपाललाई पराजित गरेसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update