NRN
पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपाका अहिरले दिए राजीनामा

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । 

सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले राजीनामा दिएका हुन् । अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् ।

मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update