NRN
आईपीएल : मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच खेल हुँदैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ । एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । 

मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।

राजस्थान रोयल्स : संजु सामसन (कप्तान एवं विकेटकिपर), जस बट्लर, यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेट्मायर, रोभमन पावेल, रविचन्द्रन आश्विन, आवेश खान, ट्रेन्ट बोल्ड तथा नान्द्रे बर्गर वा केशव महाराज । इम्प्याक्ट प्लेयर : कुलदीप सेन, शुभम दुबे ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलम वर्मा, मोहम्मद नाबी, टिम डेभिड, रोमारियो शेफर्ड, श्रेयष गोपाल, जेराल्ड कुट्जी र जसप्रित बुमराह । इम्प्याक्ट प्लेयर : आकाश मधवाल, नेहल वाधेरा, नमन धीर । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update