NRN
मंगलबार घट्याे डलरसँगै पाउण्ड स्टर्लिङको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे दर अनुसार आज अमेरिकी डलरसँगै पाउण्ड स्टर्लिङको मूल्य घटेको छ ।

सोमबार एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरेकाे अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसा घटेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रूपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ०३ पैसा पाइन्छ । 

सोमबार एकको खरिददर १६४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १६५ रूपैयाँ ६२ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १६३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १६४ रूपैयाँ ६७ पैसा पाइन्छ । 

त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रूपैयाँ २१ पैसा तोकिएको छ  कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ८५ पैसा र बिक्रीमा २७ रूपैयाँ ९८ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७६ पैसा पाइन्छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update