NRN
आईपीएल : आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा मंगलबार चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुदैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ३९औँ खेल हो । यी दुबै टोलीले यो सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेका हुन् ।

चेन्नईले यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नई आठ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउले पनि यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

लखनउ आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नईसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछाडि परेको हो । 

चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक आईपीएलको उपाधि जित्न सकेको छ ।

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाणे, मोइन अली, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, दीपक हुड्डा, मार्कस स्टोइनिस, निकोलस पुरन, आयुष बडोनी, कुणाल पाण्ड्या, रवि बिस्नोई, यश ठाकुर, शामर जोसेफ वा नविन उल हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड र एम. सिद्धार्थ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update