- राजन घिमिरे
यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरू आन्दोलित छन । प्रबासमा अभिभावकको भूमिका खेल्नु पर्ने राजदूत र राजदूताबासले सौतेनी ब्यबहार गरेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल चाहिदैन भन्दै संगठित हुन थालेका छन् ।
अष्ट्रेलियामा रहेका नेपालीहरूको दुख, पिडा र ब्यथालाई बेवास्था गर्ने अनि नेपालीहरूप्रति चासो नदिने जस्तो राजदूतको ब्यबहार प्रति रूष्ट नेपाली समाज आफ्नो आबाज नेपाली सरकारसम्म पुर्याउंन क्याम्पेनमा लागेका छन । हप्तामा तीन जना नेपाली बिध्यार्थीहरूको अकालमा ज्यान गएको घटनालाई सामान्य घटना मानेर नेपालीहरूप्रति राजदूत गैह जिम्मेवारी बनेपछी यस्तो राजदूत नचाहिंने आबाज उठाएका अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरू एक भएका हुन ।
यसैबीच लामो समयदेखी अष्ट्रेलियामा रहनु हुने नेपाली हरी पाेखरेल एवं राजदूत खेदाउने अभियानका संयोजक हरि पोख्रेलले राजदूतलाई खुला पत्र लेख्दै नेपाल सरकारको बिभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् ।
यस्तो छ खुला पत्र
अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई किन नहटाउने ?
यो साता अष्ट्रेलियामा सबै नेपालीहरु आन्दोलित छन । सबैतिर यो झोले राजदूत चाहिदैन ‘’ भनेर आन्दोलन चली राखेको छ। नेपालीको सहयोगको लागी आएका राजदूत उल्टो नेपालीको आपमान गर्न पछी परेका छैनन् । जिउदो नेपालीको त कुरा छोडौ, मारेको नेपालीको पनी उनलाई केही मतलब छैन । राजदूतको यस्तो टिका टिप्पणी हुनु, नेपाल र नेपालीको बिश्व सामु लज्जाको बिषय बनेको छ।
राजदुत भनेको बिदेशमा बसेका नेपालीहरूसो अभिभावक समानको ब्यक्ति हो। राजदूत को भुमिका जिउँदो नागरिकको सेवा मात्र हैन मरेकालाई पनि उत्तिकै सेवा दिन आउनुभएको हो।गत साता सिड्नी , अष्ट्रेलियामा चार जना युवाको मृत्यु भएको थियो, १ जना समुन्द्रमा, २ आत्महत्या,१ सडक दुर्घटनामा परि। यो घटनाले नेपाली समाज पुरै स्तब्ध भएको छ ।कुनै पनि मान्छे मर्नु हाम्रो जीवनको सबै भन्दा ठुलो दुख र अप्ठ्यारो अवस्था हो ।
विदेशमा आपत पर्दा राजदुत नै खोजिन्छ हामी पनि राजदूत खोज्दै गयौं, सम्पर्क गर्दा वहाँको सहकर्मीले राजदूत व्यस्त रहेको जानकारी दिदै भन्नुभयो, हजुरलाई राजदुत ज्युले केही समय पछि फेरि सम्पर्क गर्नुहुनेछ भन्नुभयो तर त्यो फोन कल आज सम्म पनि आएको छैन। अनि हामी हार खाएर शव को कुरा लिएर राजदूतावास पुग्यौं । आम जनतालाई प्रवेश निषेध गरिएको रहेछ। अनलाइनबाट अनुमती लिनु पर्ने रहेछ, पहिलो चोटी भेटने समय १५ दिन पछि मात्र पाइन्छ रे (यो प्रक्रियाको सुरुवात चाहिं श्री कैलाश पोख्रेल ज्यु बाटै भएको रहेछ ।
त्यति बेला ( न्यू साउथ वेल्स ) का सम्माननिय वाणिज्यदुत दिपक खड्का ज्यु नेपालमा हुनुहुदो रहेछ। एन आर एन को हस्ताक्षर आदिकारिक हुँदैन, त्यसैले देव गुरुङ ज्युले सदा सहाएता देखाउनु भयो तर काम गर्नु पर्ने राजदुतले नै हो।
अनि थाहा भयो जुन समयमा सिड्नीको बाटोमा चार शव लडेको थियो। राजदुत ज्यु सिड्नीमै हुनुहुन्थ्यो र हामीलाई खबर गरियो कि उहां विदा मनाउदै हुनुहुन्छ, उहांलाई बाधा नपुर्याउनु भन्ने आदेश हामीलाई आयो। यहाँ त लोकतन्त्रको धज्जी उडाईरहेको पाइयो। यो शोकाकुल परिबारप्रति अपमान हो र गैह्र जिम्मेवारीको पराकाष्ठा हो । राजदुत वहाँको श्रीमती,छोराछोरीलाई व्यापारिक कक्षको टिकट हुन्छ, मोटो रकमको तलब भत्ता रहन्छ, बस्ने क्वाटर,कार,कार चालक सबैको खर्च हाम्रै कर र रेमिट्यान्सबाट हुन्छ। यदि वहाँलाई जनताको सेवा गर्न छोडेर बिदा मनाउन मन लाग्छ भने म यहिबाट नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि वहाँलाइ राजदुत पदबाट ससम्मान बर्खास्त गरि हामीले तिरेको करबाट उहाँलाई अष्ट्रेलिया घुम्ने खर्च मिलाइदिनु होस् ।
यस्तो अमानवीय र गैरजिम्मेवार राजदुतको विरोधको ज्वालाले सामाजिक संजाल भरिएको छ। जिउदो वा मृत नेपालीको सेवा नगर्ने हो भने यस्तो राजदुतको केही काम छैन। थाहा भयो उहां त नेकपा एस का अध्यक्ष माधव कुमार नेपाल को आफ्नै बहिनी ज्वाईं हुनुहुदो रहेछ । यो त " ल ल ज्वाईं ४/५ वर्ष विस्की खादै अस्ट्रेलिया घुम्दै गर्नुस् र ५/७ करोड कुम्ल्याउनुस भनेर ज्वाईंलाई उपहार दिए जस्तो पो भयो ।
उहाँको भर्खरको अन्तर्वार्तामा वहाँले धेरै झुटा कुरा बोलेको सबित भयो। वहाँले झुटा कुरा बोलेर हाम्रो घाउमा नुन छर्किने काम गरेर आफू चै पानी माथीको ओभानो बन्न खोज्नुभयो। वहाँले भन्नू भयो" मैले एन आर एन लाई भनेको छु" ।
एन आर एन त गैरसरकारी संस्था हो नि त, हामीलाई चाहिएको सहयोग त नेपाल सरकारद्वारा परिचालित आधिकारिक व्यक्तिले मात्र गर्न सक्छ भन्ने वहाँले किन बिर्सनु भएको ? तलब खाने त उहां हो NRN त होईन नि। फेरी एनआरएन उहां को विभाग हो र उनिहरु राजदूतको निर्देशन मा चल्ने संस्था हो ?
अर्को कुरा, हाल नेपाली ले करीब ६ महीना कुर्न पर्छ नेपाली राहदानी नवीकरण गर्र्नको लागि । नेपालीलाई दुताबास ा प्रवेश निषेध । अनलाईन अपोइन्टमेन्ट लिनु पर्छ र पाहिलो अपोइन्टमेन्ट को लागि १५ दिन पर्खनु पर्छ । यसो हेर्दा, यो दूतावास पूर्ण रूपमा निष्क्रिय छ र यसको मुख्य कारण राजदूतको खराब फैसला, गैर जिम्बेवारी पन,नेताको ज्वाईंको खोक्रो घमाण्ड र आम नेपालीसंग सल्लाह नगर्ने रहेको छ।
महामहिम ज्यु,
हामी भन्न चाहान्छौं कि हजुरले हामीले तिरेको करबाट सेवा सुविधा लिनु भएको हो। एन आर एन ले हैन।हजुरले आफ्नो काम र कर्तव्य नभुल्नुस र यो अरुलाई जिम्मा लगाएर पन्छिन नखोज्नुस। हजुरको झुटा आश्वासनले गर्दा हजुरलाई राजदुत पदबाट बर्खास्त गर्ने हाम्रो अभियानमा हजुरकै शब्दले थप सहयोग पुगेको छ। राजदुतको बारेमा यस्तो टिकाटिप्पणि गर्नु नेपाल र नेपाली जनताको ईज्जतमा नराम्रो सन्देश दिन्छ । पहिलेको राजदुत लक्की शेर्पा मानव ओसार पसार सम्बन्धी मुद्दामा परेर राता रात भाग्नु पर्यो, त्यस्तो दिन हजुरको नआउला भन्न सकिन्न। तर दुबै जानामा एक समानता छ,वहाँहरु दुबैजना राजनीतिक नेताको कोटाबाट बनाएको र सोही नेता द्वारा परिचालित राजदुत हुन्।
नेपालीको माग यो राजदुत हटाउने मात्र हैन, अर्को राजदुतहरु कुटनितिक बिज्ञ हुनुपर्छ पनि हो।यो नयाँ सरकार र नयाँ मन्त्रीहरुले यस राजदुतलाई फिर्ता बोलाएर नेपाली जनताको माग अनुसार नयाँ राजदुत पठाउन अनुरोध गर्दछौं।यस्ता घटनामा परेकाअरु नेपालीले भनेका छन् "राजदूतावासले केही गर्दैन है,फोन पनि उठाउदैन संयोगबस उठाए पनि सहयोग गर्दैन उल्टै, एन आर एन लाई सम्पर्क गर्नुस भन्छन् , एन आर एन ले पनि आफ्नो आधिकार क्षेत्रमा रहेर कार्य गर्छ।यो नातावादको व्यवस्था विरुद्ध आवाज उठाउने कार्य को नेतृत्व गर्न तयार छु र भन्न चाहान्छु. फेरि नेपाली मान्छे मरेको छ हामीले कसलाई सम्झने…?
देशबाट राजालाई हटाएर पुर्व राजा बनाउन सकियो भने यो नातावादले बनेको राजदुतलाई बर्खास्त गर्न सकिदैन र ? जरूर सकिन्छ!
- हरि पोख्रेल
संयोजक, अपमान गर्ने राजदूत खेदाऊने अभियान , अष्ट्रेलिया, सिड्नी
मोबाईल +61 451066211 (whats app, viber)