NRN
टी-२० सिरिज खेल्न नेपाल आइपुग्यो वेष्ट इण्डिज ‘ए’ टोली

दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।

वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । 

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update