NRN
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार होटल सोल्टीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी र सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update