नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ ।
बुधबार एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ५० पैसा र बिक्रीमा ८६ रूपैयाँ ८९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६३ पैसा पाइन्छ ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रूपैयाँ २० पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ १३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७७ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ८४ पैसा र बिक्रीमा २७ रूपैयाँ ९७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४० पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८२ पैसा पाइन्छ ।